नेशनल चेस च्याम्पियनसिपमा पहिलो वरियताका रुपेश र सुजनालाई सफलता

नेशनल चेस च्याम्पियनसिपमा पहिलो वरियताका रुपेश र सुजनालाई सफलता

कपन अनलाइन
काठमाडौं, बैशाख ७।

नालाई नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी नेशनल चेस च्याम्पियनसिपको आज दोस्रो दिन दोस्रो चरणको खेल सम्पन्न  हुँदा खुल्लातर्फ फिडे मास्टर रुपेश जैशवाल , पूर्व नेपाल च्याम्पियन सुरविर लामा र उदियमान खेलाडी पुरुषोत्तम सिलयालले २ अंकका साथ संयुक्तरूपमा अग्रता लिएका छन् ।

रुपेशले निकै रोचक खेलमा पूर्व  नेपाल च्याम्पियन समेत रहेका केशव श्रेष्ठलाई पराजित गरेका हुन्। कालो गोटी लिएर सिसिलेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेशलाई खेलको ३१ औं चालमा दवावमा राख्न सफल भए। रक्षात्मक अवस्था रहेका रुपेशले ३५  औं  चालसम्ममा खेललाई बराबरी अवस्थामा ल्याउन सफल भए र ४१ औं चालमा खेलमा आफ्नो पकड बनाए र त्यसपछि  केशवलाई  लगातार दवावमा राख्दै खेलको ५४ औं  चालमा खेल त्याग्न बाघ्य बनाए।

अर्को प्रतिस्पर्धात्मक खेलमा सुरविरले आक्रमक खेलाडी फिडे मास्टर क्षितिज भण्डारीलाई हराउन सफल भए। कालो गोटी नै लिएर सिसिलिएन  प्रणालीमा खेलेका  क्षितिजलाई सेतो गोटी  लिएर  खेलेका सुरवीरले खेलको सातौं चालमा सिसिलिएन मार्को प्रणालीतर्फ धकेले।

त्यसपछि निकै आक्रमण प्रत्याक्रमण भएको खेल ३३ औं  चालसाम्म बराबरी अवस्थामा नै रहेको थियो र ३४ औ चालमा क्षितिजले सानो गल्ती गर्न पुगे ।  जसको परिणामस्वरूप ३९ औं  चालमा सुरवीरले   हात्ती र घोडा दिएर मन्त्री लिन सफल भए ।  त्यसपछि क्षितिज माथी लगातार दवाव दिंदै खेलको ५७ औं   चालमा  सुरवीरले बाजि मार्न सफल भए।

उदियमान खेलाडी पुरुषोत्तमले कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई पन्छाउन सफल भए।  सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तम आक्रमक देखिएका राजनलाई खेलको १४ औं मादनै दवावमा राख्न सफल भए। १४ औं चालमा पुरुषोत्तमले झुक्याउन सफल भए र १५ औं  चालमा हात्ती दिएर २ वटा उँट लिएर र  राजन खेलमा तल परे। त्यसपछि पुरुषोत्तम तिव्र रुपमा आक्रमण गर्दै लगे  ३९ औ चालमा खेल आफ्नो पक्षमा पारे।

दिव्यान्स मल्ति प्रोडक्सनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा २१ औं  राष्ट्रिय प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईं आज झापाका प्रकाश नेपालसंग पराजित भए। उनी पहिलो चरणमा पनि राजन सुवेदिसंग हारेका थिए।

क्यान्डिडेट मास्टर केशवको लागि पनि पहिलो र दोस्रो चरण सुखद रहेन। पहिलोमा सुरविर लामासंग पराजित भएका थिए।राजन सुवेदी, राजन पुरी प्रकाश नेपाल, क्षितिज भण्डारीले १ अंक जोडेका छन्।

महिलातर्फ वोमेन फिडे मास्टर सुजना लोहनी , काठमाडौंका रिया श्रेष्ठ र पर्साका सुशिला गुरुङ र मोरङका शान्ति धिमाल शिर्ष स्थानमा रहेका छन्।

सुजनाले कास्कीका पूजा भण्डारीलाई हराइन भने सुशिलााले पाँचौ राष्ट्रिय प्रतियोगिताका विजेता सिन्दिरा जोशीलाई पन्छाए।

सुजना र पूजाको खेल रोमान्चक रह्यो  क्विन्स ग्याम्विट प्रणालिमा खेल सुरु गरेका सुजनाले लगातार आक्रमण गरे। रक्षक्षात्मक खेलेका पूजाले सुजनाको हरेक चाललाई विफल बनाउदै लगे र खेलको २९आउने  चालसम्म पुग्दा सुजनाले उँट बलिदान गरे। खेल आफ्नो अनुकुल भइसकेको अव्यवस्थामा पूजाले ३१ औ चालमा ठूलो गल्ति गरे। अनुभवि खेलाडी सुजनाले तुरुन्तै फाइदा उठाए र औ चालमा पूजालाई आत्मसमर्पण गर्न बाध्य बनाए।

त्यसतै रियाले झापाका पूजा सिंखडा माथी बाजि मारिन् भने शान्ति धिमालले काठमाडौका मार्सल तामाङ माथी जीत निकालिन्।त्यसैगरी चितवनका लक्ष्मी कँडेल र पूजा भण्डारीको १ अंक रहेकोछ।काठमाडौको लाजिम्पाट स्थित होटल ले हिमालयमा जारी प्रतियोगिता विहिवार तेस्रो र चौथो चरणका खेलहरु हुनेछन्।

फोटो  : रिया श्रेष्ठ र पूजा सिंखडा

तपाइँको प्रतिक्रिया ।