गोकर्णेश्वर -१मा मौरी पालन सम्बन्धि तालिम संगै मौरीको घार वितरण
कपन अनलाइन
काठमाडौं ,बैशाख ६। गोकर्णेश्वर नगरपालिका वडा नं १मा मौरी पालन सम्बन्धि तालिम संगै मौरीको घार वितरण गरिएको छ । गोकर्णेश्वर नगरपालिका कृषि विकास शाखाको आयोजना मौरी पालन सम्बन्धि तालिम संगै ५०% अनुदानमा कृषकहरुलाई मौरीको घार वितरण गरेको हो ।
शाखाले आ.व. २०७९÷०८० सालको बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत घार वितरण गरेको जानकारी गराएको छ । शाखाले गोकर्णेश्वर वडा नं. १ मा चैत २९ र ३० गते मौरी पालन सम्वन्धि दुई दिने तालिम सञ्चालन गरेको थियो ।
करिब ५० जना कृषकहरुलाई ५०% अनुदानमा एक कार्यक्रमका बीच नगर प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा,वडा अध्यक्ष द्वारिका श्रेष्ठ वडा नं २ का वडा अध्यक्ष मधु तामाङ लगायतले मौरीको घार वितरण गरेको कृषि विकास शाखाको अधिकृत ईन्द्र कुमारी खड्काले कपन अनलाइनलाइ जानकारी गराइन ।व्यावसायिक मौरीपालक किसानलाई प्रोत्साहन दिने उद्देश्यले घार वितरण गरिएको समेत उनले जानकारी गराइन ।