भौतिक संरचनाको पुनःनिर्माणमा लागि रु सात खर्ब लाग्ने ः उपप्रधानमन्त्री गौतम

भौतिक संरचनाको पुनःनिर्माणमा लागि रु सात खर्ब लाग्ने ः उपप्रधानमन्त्री गौतम

काठमाडौँ, १६ असार । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भूकम्पले क्षति भएको भौतिक संरचनाको पुनःनिर्माणका लागि रु सात खर्ब लाग्ने बताउनुभएको छ ।

images (1)

ग्लोबल फेयरलेस इनिसिएटिभ नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भूकम्पले देशका कुल ५६ लाख घरपरिवारमध्ये १० लाख पूर्ण तथा आंशिक क्षति भएकाले त्यसको पुनःनिर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री गौतमले राजनीतिक पार्टीहरु एक अर्कोमाथि शङ्का उपशङ्का नगरी विकासको मुद्दामा एक भइदिए दश वर्षमा देश धेरै अगाडि बढ्ने छ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले अबदेखि भवन निर्माण आचार संहितालाई कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो ।

एकीकृत नेकपा (माओवादी) का नेता राम कार्कीले राजनीतिक दलले दलगत स्वार्थलाई त्यागेर देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुनःनिर्माणका लागि सद्भावना दूतमा अभिनेता राजेश हमाललाई नियुक्त गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।