नेसनल युनाइटेड स्कुलमा शिक्षकहरुको कार्यशाला सुरु

नेसनल युनाइटेड स्कुलमा शिक्षकहरुको कार्यशाला सुरु

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलमा  विद्यालयको मानव स्रोत व्यवस्थापन विभागद्वारा आयोजित तिन दिने शिक्षकहरुको कार्यशाला सुरु भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहालको सभापतित्वमा सुरु भएको कार्यशालामा विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरुको सहभागिता रहेको छ ।

कार्यशालाको पहिलो दिनको उदघाटन सत्र समारोहमा कार्यक्रमको औपचारिक सुरुवात पश्चात विद्यालयका संस्थापक जेबी हमालले कार्यक्रमको तालिका तथा शैक्षिक सत्र सुरुवातमा गरिने यस प्रकारको कार्यशालाको आवश्यकता बारेमा प्रकाश पार्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यशालाको  पहिलो खण्डमा कार्यक्रमका सभापति एवम् स्रोत व्यक्ति दाहालले कक्षाकोठाको व्यवस्थापन,शिक्षण विधि, सिकाइका विविध आयामहरु,शिक्षकको भूमिका लगाएतको विषयमा शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए भने  बुढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका स्रोत व्यक्ति रुद्र कार्की, सभापति दाहाल, संस्थापकहमाल, प्रिन्सिपल शायरा हमाल, इन्चार्जहरु सरोज राज उपाध्याय र रेनुका कुमाई कार्यशालाको स्रोत व्यक्ति रहेका छन ।

तीन दिने कार्यशालाको पहिले दिन विद्यालयका इन्चार्जहरु रेनुका कुमाई र सरोज राज उपाध्यायले विद्यालयमा प्रवेश गरेपश्चात शिक्षकहरुले ध्यान दिनुपर्ने विविध विषयहरु, विद्यालयमा प्रयोग हुने शैक्षिक कागजातहरु, मूल्यांकन पद्धति, वार्षिक एवम् दैनिक पाठयोजना निर्माण, परीक्षा प्रणाली लगाएतका शीर्षकमा कार्यशाला संचालन गरेका थिए किार्यशाला बैशाख ५ गते मंगलबारसम्म संचालन हुने विद्यालयको मानव स्रोत व्यवस्थापन विभागले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।