नेकपा एमाले जिल्ला कमिटी सदस्य देवी रेग्मीद्वारा पार्टी छाड्ने घोषणा,दर्जनौ अन्य पार्टीको सम्पर्कमा

नेकपा एमाले जिल्ला कमिटी सदस्य देवी रेग्मीद्वारा पार्टी छाड्ने घोषणा,दर्जनौ अन्य पार्टीको सम्पर्कमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४ ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य देवी रेग्मीले नेकपा एमाले छाड्ने घोषणा गरेकी छन। लामो समय देखि काठमाण्डौ क्षेत्र नं ४ को संगठन विस्तार र निर्माणमा सक्रिय रहेकी नेतृ रेग्मीले पार्टीले न्युनतम मानवीय संवेदनाको समेत ख्याल नगरी अपमान गरेको भन्दै नेकपा एमाले छाड्ने घोषणा गरेको कपन अनलाइनलाई बताएकी छन।

गत स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सदस्यमा विजयी बनेकी रेग्मीले सो निर्वाचनका दौरानमा नगर प्रमुख ,नेकपा एमाले नगर इन्चार्ज लगायतका  नेताहरुले गरेको प्रतिवदत्तालाई लत्याएको बताउदै उनले कुनै पनि सदस्यले आफ्नो कमिटीमा आफ्ना कुरा राख्न पाउने न्युनतम नियमको धज्जी उडाउदै जिल्ला कमिटीले विभिन्न पत्राचार र निर्णयको स्टन्ट गरेको आरोप समेत लगाएकी छन।

काठमाण्डौ क्षेत्र नं ४ को संगठनलाई मजबुत बनाउन ठोस योजना बनाउनु सट्टा पार्टी नेतृत्व सक्रिय कार्यकर्ताहरुको मनोबल गिराउने गतिवधि गर्न तर्फ लागेको बताउदै उनले जिल्ला कमिटीको निर्णय हास्यास्पद रहेको समेत टिप्पणी गरेकी छन।

हाल आफु नितान्त पारिवारिक कामले मुलुक बाहिर रहेको अवस्थामा करिव ३ दशक देखि योगदान पुर्याएको पार्टीले आफुलाई अपमानित गर्दै कारवाही गर्ने निर्णय गर्दा आफु निकै दुखि भएको बताउदै उनले नेतृत्व सिमित कोटरीको घेराबन्दीमा परेर प्रतिसोध साधेको आरोप समेत लगाएकी छन।

नेतृ रेग्मी वडा कमिटी ,गाउँ कमिटी ,क्षेत्रीय कमिटी हुदै जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिइन्। काठमाण्डौ क्षेत्र नं ४ मा अखिल नेपाल महिला संघको संगठन मजबुत बनाउन सक्रिय रहकी उनि २०७९ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्दै बुढानिलकण्ठ -१० को सदस्यमा निर्वाचित भएकी थिइन्।

आफुले वर्षौ दुख गरेको पार्टी नेकपा एमाले छाडे पनि हालसम्म कुनै पनि अन्य पार्टीमा जाने निर्णय नगरेको बताउदै उनले चाडै नेपाल आएर थप कुरा विस्तृतमा राख्ने जानकारी दिएकी छन।

दर्जनौ नेता कार्यकर्ता अन्य पार्टीको सम्पर्कमा :    

लगातार चार पटक संसदीय निर्वाचनमा पराजित भएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का दर्जनौ नेता तथा कार्यकर्ताहरु अन्य पार्टीको सम्पर्कमा रहेको सुचना बाहिरिए संगै क्षेत्रको  राजनीतिक माहोल निकै तरंगित बनेको छ।

नेकपा एमालेमा उचित र सम्मानजनक भूमिका नपाएका र सो बाट बन्चित गरिएका कतिपय नेताहरु अहिले रास्ट्रीय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसको सम्पर्कमा रहेको श्रोतले जानकारी दिएको छ।

२०७९ सालको निर्वाचनमा पनि २०७४ सालकै संघ हार्ने र प्रदेस जित्ने नियतिको पुनरागमन भए संगै धेरै कार्यकर्ताहरु माथि चिया गफमा समेत आरोप प्रत्यारोपको शृंखला तीव्र बने संगै केहि जिल्ला,नगर र वडा कमिटीका जिम्मेवार नेता संगै   कार्यकर्ताहरु अन्य पार्टीको सम्पर्कमा पुगेको जानकारी दिदै श्रोतले चाडै नै नेकपा एमाले बुढानिलकण्ठमा केहि राजनीतिक हलचल हुने संकेत समेत गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।