अनुसन्धानात्मक ग्रन्थ धर्म–विज्ञान लोकार्पण

अनुसन्धानात्मक ग्रन्थ धर्म–विज्ञान लोकार्पण
कपन अनलाइन
काठमाडौं, चैत २५ गते ।

पूर्वीय धार्मिक कार्यहरु अनि यस प्रयोजनमा प्रयोग हुने धार्मिक वस्तुहरुमाथि भएका वैज्ञानिक खोज–अनुसन्धान र यसमा निहित उत्कृष्ट विज्ञानबारे लेखिएको पुस्तक ‘धर्म–विज्ञान’ शनिबार लोकार्पण गरियो ।

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानद्वारा राजधानीमा आयोजित एक समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेलगायतले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गरेका थिए  ।

सोही अवसरमा गोरखाको ढाक्रेपानी, हर्मीका घिमिरेहरुको वंशावली र प्रतिष्ठानद्वारा प्रकाशित २०८० सालको भित्तेपात्रोको समेत लोकार्पण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै सभामुख देवराज घिमिरेले घिमिरेहरुको एकताको सराहना गरेका थिए  ।

यस्तै धर्म–विज्ञान पुस्तकका लेखक रोहिणीप्रसाद घिमिरेले धार्मिक कार्य र धार्मिक वस्तुहरुमाथि भएका अन्तर्राष्ट्रिय खोज–अनुसन्धानलाई पुस्तकमा समेटेको चर्चा गर्दै यसमा उत्कृष्ट विज्ञान लुकेको दर्शाएका थिए  ।

प्रतिष्ठानका प्रथम उपाध्यक्ष डिल्लीप्रकाश घिमिरेले स्वागत गरेको  यस कार्यक्रममा बागमती प्रदेश उपसभामुख अप्सरा घिमिरे चापागाईं, संघीय सांसद वासुदेव घिमिरेलगायतका अतिथिहरुले सम्बोधन गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।