नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसको  अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न
कपन अनलाइन
काठमाडौं, चैत २५ गते ।

ललितपुर महानगरपालिका वडा नम्बर–२३ मा रहेको नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसको   अभिभावक दिवस तथा दिक्षान्त समारोह  सम्पन्न भएको  छ।

हाउसले आफ्नो विद्यालयको प्रथम अभिभावक दिवसको सन्दर्भ पारेर कक्षा युकेजी मा अध्ययन गरेर अर्को विद्यालयमा अध्ययन गर्न जान लागेका विद्यार्थी भाइबहिनीहरुलाई दिक्षान्त तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरेको हो। नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले हिजो शनिबार विद्यालयको आफ्नै प्राङ्गणमा आयोजना गरेको कार्यक्रम मार्फत विद्यालयको अभिभावक भेला समेत गरेको हो । उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको थियो ।

कार्यक्रममा चर्चित पत्रकार एवम् हिमालयन टेलिभजनका प्रधान सम्पादक राजेन्द्र बानियाँको प्रमुख आतिथ्यता रहेको थियो,भने कार्यक्रमको अध्यक्षता नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसका व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र खनालले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजेन्द्र बानियाँले पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो ।

कार्यक्रममा शुभकामना एवम् स्वागत मन्तव्य राख्ने क्रममा नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसकी प्रिन्सिपल अनुराधा श्रेष्ठले दिक्षान्त तथा सम्मान कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले साना साना केटाकेटीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गर्दै आएको बताइन   । उनले दिक्षित भएर विदाइ भएका केटाकेटीहरुलाई आफुले कहिल्यै नबिर्सने बताउनुभयो भने कार्यक्रममा आएका सबै अतिथिहरुलाई स्वागत गरेरेकी थिइन्  ।

सो कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर–२३ का वडा अध्यक्ष जीवन महर्जन विशिष्ठ अतिथिमा रहेका थिए  । त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर–१४ ठैबमा रहेको ब्लु बर्ड स्कुलका प्रिन्सिपल चन्द्र शेखर सापकोटा,महेन्द्र रत्न क्याम्पस ताहाचालका प्राध्यापक विष्णु साकोटा,ओपेनकी केन्द्रिय सदस्य एवम् लिटिल रोज मन्टेस्वरीकी प्रिन्सिपल रेनु कोइराला,मिल्की ओए स्कुलकी प्रिन्सिपल बसन्ती दाहाल र टोखा नगरपालिका ओपेनकी पूर्व अध्यक्ष एवम् एक्टिभ किड्स गार्डेनकी प्रिन्सिपल सारदा पाण्डे विशेष अतिथिमा रहेका थिए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिमालयन टेलिभजनका प्रधान सम्पादक राजेन्द्र बानियाँले नेपालमा नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले केटाकेटीहरुलाई गुणस्तरिय शिक्षा दिएर रचनात्मक कार्यमा लागेकोले हाउसकी प्रिन्सिपल अनुराधा श्रेष्ठ लगाएत स्कुलका शिक्षकहरुलाई वधाइ दिदै प्रगतीको कामना समेत व्यक्त गरेका थिए ।

उनले नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले सानासाना बच्चाहरुको विविध सॅास्क्रितिक पक्षसँग जोडिएका र सिप विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आयामिक अवसर प्रदान गरेर बचहरुको सिर्जनशिलतामा नयाँ पन सिर्जना गरेकोमा खुसी समेत व्यक्त गरे । प्रमुख अतिथि बानियाँले नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउस प्रति वधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गर्दै आफुले पत्रकारीताको माध्यामबाट देशको गतिशिल शिक्षा प्रति सधैं सहयोग गर्ने र राज्यले व्यवहारिक र सिपमुलक शिक्षा प्रदान गर्न झकझक्याइरहने बताए । उनले शिक्षामा राज्यले कमजोरी गर्न नहुने समेत बताए ।

उक्त कार्यक्रममा नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसका हेड टिचर बाल गोपाल शाहिले शैक्षिक गुणस्तरमा र नानीबाबुहरुको चौतर्फी विकासमा कुनै कमि आउन नदिएको बताउनुभयो । शाहिकै संयोजमा भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल,शिक्षक प्रतिनिधि,अभिभावकहरुको उपस्थिति रहेको थियो ।

नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले नेपालको बाल शिक्षा प्रणालीमा फरक तथा भिन्न शिल्प र शैलीको विधि अपनाएर बच्चाहरुलाई अध्यापन गराउँदै आएको छ । बच्चाहरुको सकारात्मक परिवर्तन गर्न र भिजनयुक्त र नैतिकताले भरिपूर्ण शिक्षा प्रदानमा नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसको ठुलो योगदान समेत रहको छ ।

कार्यक्रममा नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसमा अध्ययन गर्ने सानासाना केटाकेटीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।