वर्षाका कारण सडक अवरुद्ध

१५ असार । अविरल वर्षाका कारण सोलुखुम्बुको साल्मे सिस्नेरी सडक अवरुद्ध भएको छ ।

सोलुखुम्बुसँग काठमाडौँ जोड्ने एकमात्र सडकखण्ड अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।

वर्षात्को समयमा बर्सेनि पहिरो गइरहने सो सडकखण्डमा यस वर्ष पनि पहिरो जान थालेसँगै आवातजावतमा समस्या भएको हो ।

सडक अवरुद्ध भएपछि स्थानीय बजारमा दाल, चामल, तेललगायतका उपभोग्य वस्तुको मूल्य बढेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

तपाइँको प्रतिक्रिया ।