फेरिल्याण्ड इन्टरनेशनल स्कूलमा प्रथम चरणको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

फेरिल्याण्ड इन्टरनेशनल  स्कूलमा  प्रथम चरणको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
बुढानीलकण्ठ १० बालुवाखनी स्थित फेरिल्याण्ड इन्टरनेशनल स्कूलले प्रथम चरणको खेलकुद तथा अन्य विधाहरूकाे पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष  नवराज भट्टको प्रमुख आतिथ्यमा कक्षा प्ले ग्रुप, नर्सरी, एल के जी, यू के जी तथा कक्षा १,२ र ३ मा अध्ययनरत विद्यार्थी भाई बहिनीहरूलाई उक्त पुरस्कार वितरण गरिएको हो ।
गत फाल्गुण महिनामा आयोजना गरिएको खेलकुद कार्यक्रमामा सहभागी भई विभिन्न खेलहरूमा प्रथमं, दितिय र तृतिय हुने तथा अन्य विधाहरू मा उत्कृष्ट हुने विद्यार्थीहरू सम्मनित गरिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि भट्टले खेल र शिक्षा लाई जोडेर अगाडि बढिरहेको फेरिल्याण्ड स्कूल प्याब्सन भित्रको एक उत्कृष्ट विद्यालय रहेको  भन्दै सो स्कूलले उत्कृस्ट शिक्षा प्रदान गर्दै आएको बताएका थिए ।
त्यस्तै  बिद्यालयका निर्देशक  राम प्रसाद गौतमले स्वागत गर्दै सम्पूर्ण अभिभावकहरुको सहयोगले मात्र आजको यो अवस्थामा फेरिल्याण्ड स्कूल काठमाडौंकाे एक उत्कृष्ट विद्यालय बन्न सफल भएको बताएका थिए ।
अभिभावकहरुको बाक्लो उपस्थिति  रहेको उक्त पुरस्कार कार्यक्रमममा बिद्यालयका प्रिन्सिपल  बिष्णु चन्द्र अधिकारीले २१ औँ शताब्दीमा चाहिने जनशक्ति उत्पादन तर्फ विद्यालय अगाडि बढेको कुरा राख्दै यसमा अभिभावकहरुको विशेष भूमिका रहने धारणा राखेका थिए  ।
 विद्यालयका निर्देशक विनोद अधिकारीले संचालन गरेका थिए।
तपाइँको प्रतिक्रिया ।