प्रशान्ति एकेडेमी बुढानिलकण्ठ -१२ मा विशेष समिति वैठक सम्पन्न

प्रशान्ति एकेडेमी बुढानिलकण्ठ -१२  मा विशेष  समिति वैठक सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

बुढानीलकण्ठ-१२, कपनस्थित प्रशान्ति एकेडेमीले २०७९-१२-१८ गते विविध समितिहरु सम्मिलित बैठक बसेको छ।

विद्यालयको हलमा भएको स्थानीय सल्लाहकार समिति, अभिभावक सुझाव समिति र संचालक समितिको बैठक ले अभिभावकहरूको सुझाव संकलन गरिएको थियो।सो वैठकमा विधालयमा आगामि चैत्र  २५ गते गरिने अभिभावक सम्मेलन, प्रदर्सनी र महोत्सव लगायतका कार्यक्रमको रुपरेखा , झलक र विशेसताहरुको वारेमा छलफल गरिएको थियो ।

उक्त बैठककै निर्णय अनुसार २५ गते दोस्रो अभिभावक दिवस कार्यक्रम गर्ने निर्णय गरेको छ। उक्त वैठकमा अागामी कार्यक्रम तथा विद्यालयको योजनाबारे विद्यालयका अध्यक्ष  मुरारी प्रसाद भण्डारीले आफ्नो मन्तव्य राखेका  थिए  भने अन्य विविध कार्यक्रमहरू र गतिविधिबारे प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।