बुढानीलकण्ठ नगरपालिकामा नगर युवा संसद अभ्यास कार्यक्रम सुरु

बुढानीलकण्ठ नगरपालिकामा नगर युवा संसद अभ्यास कार्यक्रम सुरु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

बुढानीलकण्ठ नगरपालिकामा नगर युवा परिषदले नगर युवा संसद अभ्यास कार्यक्रम सुरु गरेको छ।बागमती प्रदेश सभा सदस्य जयराम थापाले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख एवं नगर युवा परिषद अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रम चैत्र १८ गते सुरु भई चैत्र २१ गते ४ दिन सम्म संचालन हुने बताइएको छ। उक्त कार्यक्रममा ४४ जना युवा प्रशिक्षार्थीहरु सहभागी छन् ।

बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा भएको उद्बाघाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद् कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, वडा नं ४ अध्यक्ष श्री राम के.सि., वडा नं ६ अध्यक्ष रवि खड्का, वडा नं ९ अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, वडा नं ११ अध्यक्ष राजु अधिकारी, वडा नं १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई, नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराई, प्रशिक्षक रञ्जन पौडेल लगायत नगर युवा परिषदका अन्य सदस्य तथा प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियो ।

संसदिय अभ्यास र युवा सशक्तिकरण सम्बन्धि अर्थपूर्ण विचारविमर्श एबम छलफल संचालन गरिने उक्त कार्यक्रम युवाहरुलाइ राजनीति एबम नगरपालिकाका बिभिन्न गतिविधिहरु प्रति जानकार एबम सुसुचित बनाउन अत्यन्त प्रभावकारी रहने नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराईले जानकारी दिएका छन्।

तपाइँको प्रतिक्रिया ।