गजल : श्यामकुमार श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
सोझा सोझा रूखहरू यहाँ छानी छानी ढाल्ने गर्छन्
आफ्नो खुसीको निम्तीअरूको ज्यान दाउमा हाल्ने गर्छन्
के भनौ र खै यो पापी संसारमा हजुर म पागल प्रेमीले
यतामायाको आश्वासन दिएर घरजम अर्कैतिर थाल्ने गर्छन्
माया पनि कति सस्तो भयो है बजारमा किनबेच हुँने
सँगै जीउने कसम तोडेर मनमा अर्कैको मायापाल्ने गर्छन्
सँगसँगै तर्नुपर्छ मिलेर यो खोली भनी डोर्याएर मलाई
खोली तर्दै गर्दा आधा बिचमा पुग्दा अन्तै पाइलाचाल्ने गर्छन्
छैन यो मुर्दा झै ज्यान कुनदिन अस्ताउने हो भनी
तर अझैं पनि तिखा वचनका बाण फाल्ने गर्छन्
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।