मायाको तराजुमा : गंगा लिगल (कविता )

मायाको तराजुमा : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

विशाल देशको सपनालाई
मुटुभित्र प्रतिविम्वित पारेर
अनगिन्ती आकांक्षाहरु हृदयमा संगालेर
उन्नतिको मार्गलाई विशालता तिर
दोह¥याउने लक्ष्य लिएर
अभावै अभावले ग्रस्त नेपाली जीवनले
परिश्रमको मूल फुटाएर
धेरै समयको अन्तरालमा
आज आफूलाई योग्य र वैभवपूर्ण
बनाउन सफल भएको महसुस गर्दछ ।
तर कताकता
उसलाई जीवन खल्लो लाग्छ
अपूरो र अधूरो अनुभव हुन्छ
किनहो ऊ आज घाँसे मैदानमा हराएको
खरायो झै भएको छ
किनकी
उ उसका परिवार त यहाँ छन्
तर उसको जन्मस्थल धेरै टाढा छ
आमाबाबु अरु परिवार साथीहरु
सबैको सम्झनाले घरि घरि
मुटु नै चिसो भएर आउँछ ।
तर के गर्ने?
चाहे जस्तो भएपनि
आफ्नो देशको सम्झना नबिर्सदो रहेछ
तर विदेशको रहर गरेर के गर्नु ?
यसो भनेर पनि के गर्नु ?
यो देशसँगको माया पनि कम छैन
किनकी
यो देशले दिएको गुनलाई
बिर्सन पनि त कहाँ सकिन्छ र ?
तसर्थ,
विदेशमा बसेर पनि
दुबै देशको प्रेमलाई समता रुपी
‘मायाको तराजुमा’ संगाली
जीवनलाई प्रगतितिर लम्काउनाले
भविष्य सुखमय अवश्य बन्न सक्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।