खै के सुन्नु तिम्रो कविता : शान्ति न्यौपाने (रिसाल)

खै के सुन्नु तिम्रो कविता : शान्ति न्यौपाने (रिसाल)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

खे के सुन्नु तिम्रो कविता
न छोरीको लेहेङ्गा न स्वास्नीको माइली तिलहरी
न मिलाउँछ ओर्लदो सेयर बजार
न चलाउँछ चारहाते प्लटिङ् हजार
बरु गर्नु निह्याका थान
शिवपुरीको टुप्पोमा बसेर
छोरो अस्ट्रेलिया, छोरी अमेरिका भनि
डलरको उकालो ओरालो गनेर
छ्या के पढ्नु झुर कविता?
फेसबुकमा क्या लाइक आउँछ
टिकटकमा बबाल भाइरल छु
खेतीबारीमा घाँस उम्रे के त
कौसी खेतीमा भेट्रान  सर्भाइल छु ।
थालभरि हेरै नौ ब्रो अर्ग्यानिक  पोष्ट गरेको
धनियाँ इन्टरनेशनल एक्सपोर्टको धुनमा छरेको होस्
तिमी नै पढ कवि तिम्रो समानताको कविता ।

एकछिन फुर्संदछैन
पशुपतिनाथले बुझ्छन् बरु
तब त स्वीकार्छन्  प्राइभेट बैङ्कको चेकद्धारा
गरिने पञ्चस्नान
मह, घ्यू, सक्कर, दुधदही रे
सुपर मार्केट सो प्याक छ
भाटभटेनी, सेल्सबरी बिगमार्टमा
भिडको ह्याक छ
क्यारी किन्ने ? बाटोमा पार्किक ट्राफिक एकेक छ
पेइङ्ग पार्किङ्ग घण्टा पिच्छे लेकोलेकै छ
नगर कवि तिम्रो चिसो मानवताको कुरा
तातोबाट काठमाण्डौं आको छन्, आको छन्
मिटर ब्याजको रापले रन्किएर
न्याय जाबो के सुन्छ
टुडिँखेलको खरी वोट र माइतीघरको मण्डला हर्काछन् झर्किएर
बाटो जामभो रे
त्यो स्थानिय सरकारको कामहो रे ।

त्याग, तपस्या, जेल, नेलको कसैलाई वास्तै छैन
महत्वाकाङ्क्षा पनिहद हुन्छ यार
हाम्रा फुलेको योगदान जति सिंहदरबारको

केमराले ढाक्ने
के सुन्नु कवि तिम्रो झुर कविता
भो सुन्दिन कवि तिम्रो कविता
बरु गइन्छ लङ्ग ड्राइभ स्यान्ट्रो चढेर
जैविक ढिंडो र लोकलकुखुरा टिप्न
प्रति लेटर डलरको अढैया तिरेर

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।