गजल : किस्मत खतिवडा

गजल : किस्मत खतिवडा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

जुनदिन अर्कैको हातको सिन्दुर चुरा भयो
तिमीसँग देखेका सारा सपना अधुरा भयो ।

जब तिम्रो बिहे भयो भन्ने खबर पाए मैले
अध्यारो भयो संसार नसोचेको कुरा भयो ।

न भोक लाग्छ न निन्द्रा सबै लुटेर लग्यौ
प्रत्येक बोली मुटु रेट्ने धारिलो छुरा भयो ।

जतिबेलै एकोहोरो हुन्छु तिमीलाई सम्झी
भुल्नखोजे सकिन मस्तिष्क बेसुरा भयो ।

तिमीलाई बिर्सिन प्राण नत्यागी नसकुँला
सायद अब जिन्दगी जिउन पुरा भयो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।