ईवेल ह्याण्डमको समुद्र किनारमा : बाई ईयोङ्ग चिओल कङ्ग(कोरीया)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
जब तपाईलाई बाँच्न गाह्रो छ जस्तो लाग्छ,
समुद्र किनारमा जानुहोस्
त्यहाँ, हावामा आफ्नो टाउकोसँग राखेर
समुद्रलाई बाहिरबाट हेर
अठ्ठाईस ताडका रूखहरूलाई हेर ..।
रातो सूर्य अनन्त क्षितिज पर हराएको हेर्नु
र परमेश्वरका वचनहरूका प्रकाशहरू खोज्नु ।
बादलको दिनमा पनि उज्यालो झिलिमिली हुँनेछ
खैरो बादलहरू बाट हेर्दा
संसार कति सुन्दर छ बुझ्नुहुँनेछ ..।
जब तपाईलाई संसार फोहोर र क्रूर जस्तो लाग्छ,
त्यो बेला ईवेल ह्याण्डमको समुद्र तटमा जानुहोला
चट्टानहरू मुनि, विशाल महासागर फैलिएको छ,
तिमीले संसारलाई जस्तै हेर्न सक्छौ
जब बुद्धले सुन्दर संसार प्रकट गर्न
आफ्नो खुट्टा उठाउनु भएथ्यो ।
(अनुवादःकमल ढुंगाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।