प्रशान्ति एकेडमीबाट एसईई परिक्षा दिने विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न

प्रशान्ति एकेडमीबाट एसईई परिक्षा दिने विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,चैत्र १६।

बुढानिलकण्ठ नगरपालिका- १२ कपनमा रहेको  प्रशान्ति एकेडमीमा चैत्र १५ गते एसईई दिने  विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न भएको छ। कक्षा नौ मा अध्ययनरत छात्रछात्राहरूले नेतृत्व गरेको विदाई कार्यक्रम सधैँ झैँ यो वर्ष पनि सम्पन्न गरिएको हो।

कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालय र शिक्षक/शिक्षिकाहरुसंग जोडिएका यादगार पलहरू स्मरण गर्दै कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गरेका थिए। कक्षा १० पछिको शिक्षा हासिल गर्नका लागि एस.इ.इ परीक्षा उत्तीर्ण गर्न तयार रहेका विद्यार्थीहरूलाई विद्यालय र कक्षा नौ को समन्वयमा प्रत्येक वर्ष विदाई कार्यक्रम सञ्चालन गर्ने गरिएको छ।

कक्षा नौ का विद्यार्थीहरू अभिषेक मेहेता र सृष्टिना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुलाई एउटा विद्यालय शिक्षाको चरण पार गर्न तयार बनाउन पाउँदा खुसी लागेको र यतिका वर्ष एकसाथ बिताएका छोराछोरीसमान विद्यार्थीहरूलाई विदाई गर्दा थोरै दु:ख पनि लागेको शिक्षिका गीता शर्माले बताएकी छन ।

विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रमलाई आउँदै गरेको एस. ई. ई परीक्षाको शुभकामना दिँदै प्रिन्सिपल समिर बास्तोलाले अन्त्य गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।