पायोनीयर पब्लिक स्कुल ,बुढानिलकण्ठ -१२ अब “काठमाण्डौ विद्यालय”

कपन अनलाइन

काठमाडौं ,चैत्र १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पायोनीयर पब्लिक स्कुलले नाम परिवर्तन गरेको छ। कम्पनी रजिस्ट्रार कार्यालयबाट  पायोनीयर पब्लिक स्कुलको नाम परिवर्तन गरि काठमाडौं विद्यालय राखिएको छ।

बिद्यार्थीको चौतर्फी विकासका निम्ति काठमाडौं विद्यालय (पायोनियर पब्लिक स्कुल) ले समय सान्दर्भिक शिक्षाका लागी  नयाँ उत्साह र उर्जाका साथ नाम परिवर्तन सहित आएको बताउदै  प्रिन्सिपल सुस्मिता मैनालीले  बिद्यार्थीहरुमा भएको अन्तरनिहित क्षमतालाई पहिचान गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अगाडी बढाउने योजना रहेको जानकारी दिएकी छन ।

 

तपाइँको प्रतिक्रिया ।