प्रचण्डले भने-'अध्यक्ष पद छोड्न तयार छु'

१९ जेठ,काठमाडौ। माओवादी अध्यक्ष प्रचण्डले पार्टीलाइ एक राख्न पार्टी अध्यक्ष पनि छाड्न सक्ने जनाउ दिएका छन्। शुक्रवार पार्टी उपाध्यक्ष मोहन वैद्यसंग भएको भेटमा पार्टी एकताको लागी बाधक भए अध्यक्ष पद सहजै छाड्न तयार भएको बताएका हुन्। नयाँ पार्टी बनाउन मोहन वैद्य समुह जुटेपछि प्रचण्डले यस्तो प्रस्ताव वैद्य समक्ष गरेका हुन्। केही दिन वैद्य समुहले पार्टी एक रहन नसक्ने भन्दै नयाँ पार्टी गठनको तयारी तीव्र पारेको छ ।

संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले पार्टी एकताका लागि बैद्य पक्षलाई आहृवान समेत गरेको छ भने असार १५ देखि १७ गतेसम्म विस्तारित बैठक बोलाएको बताइएको छ। । विस्तारित बैठक अघि बैद्य पक्षसँग सहमतिको प्रयास गर्ने पनि माओवादी सस्थापनले जनाएको छ। प्रचण्डको यस्तो प्रस्ताव संगै वैद्य पक्षमा समेत तरंग आएको अनुमान गरिएको  छ।
तपाइँको प्रतिक्रिया ।