कांग्रेस-एमालेले जेठ २६ मा बिरोध प्रदर्शन गर्ने

९ जेठ,काठमाडौ।  शुक्रबार एमाले पार्टी कार्यालय बल्खुमा बसेको १६ दलको बैठक राष्ट्रिय सहमतिको सरकारको माग गर्दै देशव्यापी बिरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको छ। । प्रधानमन्त्रीले सहतीय सरकारका लागि बाटो खुला गर्नुपर्ने पर्ने माग सहित उनीहरु आन्दोलनमा जाने भएका छन्।कांग्रेस-एमाले सहित १६ दलले जेठ २६ गते सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री भट्टराईले गरेको नयाँ निर्वाचनको घोषणा असंवैधानिक भएको उनिहरुले ठहर गरेका छन्। प्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो मंसिर ७ गते नयाँ संविधानसभाको निर्वाचन घोषणा गरेका छन्।

तपाइँको प्रतिक्रिया ।