नेसनल युनाइटेड स्कुलमा पुर्व प्राथमिक तहका विद्यार्थीहरू पुरस्कृत

नेसनल युनाइटेड स्कुलमा पुर्व प्राथमिक तहका विद्यार्थीहरू पुरस्कृत

कपन अनलाइन
काठमाडौं, चैत १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोकमा रहेको  नेसनल युनाइटेड विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमाविजेता हुन सफल पुर्व प्राथमिक तहका विद्यार्थीहरुलाई  पुरस्कृत गरेको छ।

शैक्षिक सत्र २०७९ मासंचालनभएकाचित्रकला, हस्तलेखन, गायन, बेलुनब्लास्ट, गणितीयहाजिरीजवाफ, चकलेट रेस, स्पेलिंग कन्टेस्ट, मेमोरी गेम, रिडिंग स्किल लगाएतकाविभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबीहमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गरेका थिए।

विद्यालयकी प्रिन्सिपल हमालले पुर्व प्राथमिक तहमा विद्यालयले लिएको सिकाई रणनीति, अध्यापन विधी तथा दैनिक क्रियाकलापहरूको बारेमा प्रकाश पारेकी थिइन।

पुरस्कार वितरण कार्यक्रममा संस्थापक जेबी  हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु र  आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरेका थिए  भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

तपाइँको प्रतिक्रिया ।