विधानसभाको बैठक साँझ ७ बजेका लागि तय

काठमाडौँ, १४ असार । संविधानको एकीकृत प्रारम्भिक मस्यौदालाई संविधानसभामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सहमति जुटाउन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अध्यक्षतामा सिंंहदरबारमा बसेको बैठकमा संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदाको विषयमा छलफल भएको थियो ।

बैठकले आज दिउँसो ३ बजेका लागि तय भएको संविधानसभाको बैठक साँझ ७ बजे सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।

आइतबार मस्यौदा समितिले पारित गरेको मस्यौदा सभापति कृष्णप्रसाद सिटौलाले आजै केहीबेरमा सभाध्यक्ष नेम्वाङलाई बुझाउने कार्यक्रम छ ।

एकीकृत मस्यौदा तयार भए पनि त्यसको संवैधानिक र कानुनी भाषा तयार पारी अन्तिम रुप दिन बाँकी रहेकाले आज बिहान ११ बजे बुझाउने भनिएको प्रतिवेदन केही केहीबेरपछि सभाध्यक्षलाई बुझाउने सचिवालयले जनाएको छ ।

संविधानसभामा आजै मस्यौदा पेस गरिने र त्यसपछि जनताको सुझावका लागि पठाइने तयारी गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।