भक्तपुरमा रहेको हजारौँ बोट गाँजा नष्ट

भक्तपुरमा  रहेको हजारौँ बोट गाँजा नष्ट

१४ असार । सार्वजनिक स्थल, चौर, सडक किनारा र सामुदायिक स्थानमै रहेको हजारौँ बोट गाँजा आज नष्ट गरिएको छ ।

आज बिहान ७ बजेदेखि महानगरीय प्रहरी वृत्त थिमि, सामुदायिक प्रहरी गठ्ठाघर, सिद्धार्थ विद्यापीठ, मध्यपुरथिमि वडा नं १५, १७ का उपभोक्ता समिति, टोल सुधार समितिलगायतका विभिन्न सङ्घसंस्थाले संयुक्त रुपमा गाँजाको हजारौँ बोट गाँजा फँडानी गरी नष्ट गरेका छन् ।

6a1ae6ee39e571c0e303d578aee278e3

टोलीले गठ्ठाघर चोकदेखि, सिद्धार्थ विद्यापीठ क्षेत्र, सानोठिमी क्षेत्र, सानोठिमी क्याम्पस गेट, सिटिइभिटी अगाडि, जिल्ला वन कार्यालय क्षेत्र, ओम वृद्धाश्रमलगायतका क्षेत्रमा रहेको हजारौँ बोट गाँजा फँडानी गरेको सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल दीपिका थापाले जानकारी दिनुभयो ।

गाँजाको बोट फैलिँदै गएपछि गाँजा लिन टाढादेखि मानिस आउन थालेको गुनासो बढेपछि दुव्र्यसनी रोक्न गाँजाको बोट फँडानी गरी सरसफाइ गरिएको उहाँले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।