नव सुन्ताखान एकेडेमी गोकर्णेश्वर -३ को बार्षिक खेल सप्ताह सम्पन्न

नव सुन्ताखान एकेडेमी गोकर्णेश्वर -३ को  बार्षिक खेल सप्ताह सम्पन्न

कपन अनलाइन

काठमाडौं चैत्र १० ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा संचालित नव सुन्ताखान   एकेडेमी द्वारा आयोजित  बार्षिक खेल सप्ताहको पुरस्कार वितरण सम्पन्न   भएको छ ।अन्तरनिहित प्रतिभाको बिकासका लागि विद्यालयले हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अन्तर्गत  सञ्चालित खेलकुद सप्ताहको  समापन तथा पुरस्कार वितरणको अध्यक्षता  विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री धर्मराज बिष्टले गरेका  थिए ।

गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख सान्नानी लामा ,गोकर्णेश्वर शिक्षा शाखा प्रमुख डण्डपाणी शर्मा, शाखा अधिकृत टेकेन्द्र ढकाल,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल  वडा सदस्यहरु शिक्षक बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा  नव सुन्ताखान   एकेडेमीका प्रिन्सिपल  सुदर्शन थापाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

उनले विद्यार्थीको चौतर्फी विकासका लगि खेल अत्यन्तै महत्वपूर्ण रहेको र पढाईका साथसाथै विद्यार्थी खेलमा पनि निरन्तर अभ्यास गर्नुपर्ने बताएका थिए । प्रत्येक कक्षाका विद्यार्थीलाई कुनै न कुनै खेलमा आवद्ध गराई खेल क्षेत्रमा आकर्षण बढाउने र शारिरीक अभ्यासमा बालबालिकालाई अभ्यस्त गर्ने  उदेश्य सहित बिध्यार्थीहरुलाइ शैक्षिक ज्ञानको अलवा अतिरिक्त क्रियाकलाप र खेलकुदमा समेत अब्बल बनाउने स्कुल को भुमिका स्वरुप यो सप्ताह मनाउने गरेका हौ   उनले भने, ।  खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने   भन्दै खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुदा खेलकुदलाई  नव सुन्ताखान एकेडेमीले बिशेष महत्वका साथ संचालन  गर्दै आएको बताए । उनले खेल प्रति बिद्यार्थीले देखाएको चासो  तथा रुचिले उत्साहित बनेको बताउदै आगामी दिनमा पनि कार्यक्रमलाइ निरन्तरता  दिने बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै  प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालले  विद्यार्थीको चौतर्फी विकासको लागि खेल महत्वपूर्ण भएको बताए । उनले  खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले   नै चौतर्फि बिकास गर्न सक्ने भनाइ राख्दै खेलले नै राष्ट्र चिनाउने र बिद्यालय बाट नै खेलाडीहरु निर्माण हुने भएको हुँदा खेलकुद कार्यक्रम समय समयमा गर्नु पर्ने बताए। गोकर्णेश्वर नगरपालिकालेपनि खेलकुदलाइ प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताएका थिए ।उनले बिद्यार्थीहरु कक्षा कोठामा मात्र सिमित हुन नहुने  भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्नेमा जोड दिदै विजयी खेलाडीहरुलाई बधाई दिएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बिध्यालयमा खेलकुदको आवश्यकताको बारेमा चर्चा गरेका  थिए ।खेल सप्ताहमा विभिन्न बिधाका खेलकुदहरु खेलाइएको थियो। पुर्ब प्राथमिक तहको  समेत विभिन्न खेलहरु आयोजना गरिएको थियो। कक्षागत, तहगत तथा अन्तर-सदनात्मक रुपमा बिभिन्न खेलहरु समाबेश गरिएको उक्त  खेलसप्ताहमा बिजयी हुने खेलाडीहरुलाई  मेडल प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सेवा दलमा(एन सीसी) आवद्द बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।