Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/03/336599626_174197328752665_2368639183197830467_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

युवा शक्ति विदेश पलायन रोक्न स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ : सन्तोष चालिसे

कपन अनलाइन

काठमाडौं चैत्र १० ।  प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले दक्ष युवा शक्ति विदेश पलायन हुने दर बढेकोमा चिन्ता ब्यक्त गरेका छन । बिहिबार विट्स एकेडमीले गरेको स्वागत सम्मान तथा बिदाइ कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले  रोजगारी र उच्च शिक्षाको नाममा  विदेश जानेहरूको लर्को  त्रिभुवन विमानस्थलमा देखिएको बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । युवाको क्षमतालाई सकेसम्म देशभित्र सही उपयोग गर्ने र युवा पलायन रोक्ने उपायको खोजी  गर्नुपर्नेमा जोड दिएका थिए ।

अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउदै  यसबाट गुणस्तरीय उच्च शिक्षा हासिल भए पनि देशको ठूलो धनराशि बिदेसिने गरेकोमा चिन्ता ब्यक्त गरेका थिए  । उनले युवा शक्ति विदेश पलायन हुँदा  राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुष्परिणामहरू देखापरेको बताउदै  हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानु जस्तै  भएको बताए ।

उनले युवा विद्यार्थीलाई विदेश जानबाट रोक्न देशको माग र आवश्यकताअनुसार शिक्षा नीति र कार्यक्रम बनाएर  अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए  । विदेशमा गरिने जति दुःख स्वदेशमा गरे आफ्नै ठाउँमा स्वाभिमान सहित शानको जीवन बाँच्न सकिने बताएका थिए  ।पछिल्लो समय नेपालमै उच्च शिक्षाको विश्व स्तरीय पढाई हुन थालेको भन्दै उनले सकेसम्म पढ्नका लागि विदेश नजान सुझाव दिदै  यदि जानैपर्ने अवस्था भए त्यहाँको शिक्षा र सिप लिएर नेपाल फर्कन अनि देशमै केही गर्न उनले सुझाएका थिए ।

तपाइँको प्रतिक्रिया ।