माओवादीले पहिला जंगल अहिले सत्ताबाट तर्साएको कोइरालाको भनाई

प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस सभापति सुशील कोइरालासँग आफू नेतृत्वको सरकारलाई राष्ट्रियस्वरुप दिन प्रस्ताव गर्नुभएको छ । आज विहान कोइरालालाई भेट्न उहाँकै निवास महाराजगञ्ज पुग्नुभएका प्रधानमन्त्री भट्टराईको यस्तो प्रस्तावलाई कोइरालाले भने ठाडै अस्वीकार गर्नुभएको छ । माओवादीलाई अती विश्वास गर्दा आजको अवस्था आएको भन्दै कोइरालाले हिजो जंगलबाट बन्दुक चलाएर तर्साएको र अब सत्तामा बसेर तर्साउन खोजेपनि कांग्रेस नतर्सने जवाफ प्रधानमन्त्रीलाई दिनुभएको थियो ।

दर्जनौं पटक गरिएका लिखित सहमति र सम्झौताहरुलाई लत्याएकाले अब माओवादीलाई सहजै विश्वास गर्ने वातावरण नभएको र विश्वास टुटेको पनि कोइरालाले भन्नुभएको थियो । संविधानसभा विघटन गरेर चुनावको एकलौटी मिति घोषणा सत्ताकब्जाका लागि मात्र गरिएको कोइरालाको भनाइ थियो । प्रधानमन्त्री भट्टराईले भने अविश्वासको वातावरणलाई चिर्दै सहमति बनाउन सभापति कोइरालासँग आग्रह गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।