मन्जरी माध्यमिक विद्यालय बुढानिलकण्ठ-८ को अभिभावक दिवस सम्पन्न

मन्जरी माध्यमिक विद्यालय बुढानिलकण्ठ-८ को अभिभावक दिवस सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत्र ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा विगत २५ वर्ष देखि शैक्षिक उन्नयनमा सक्रिय रहेको मन्जरी माध्यमिक विद्यालयको अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र पुर्व बागमती प्रदेस सभा सदस्य भिमसेन  खत्रीको विशेष आतिथ्यतामा भएको उक्त समारोहमा विभिन्न क्षेत्रका विसिस्ट व्यक्तित्व सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

उक्त २५ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा शिक्षिकाहरुको नृत्य प्रस्तुति सहित विभिन्न रचानामत्क गतीविधिहरु रहेका थिए भने विभिन्न प्रतियोगिताहरुमा विजयी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो।

मन्जरी माध्यमिक विद्यालयले नियमित पठन पाठन संगै विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा जोड दिएको बताउदै प्रिन्सिपल टिका गौतमले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।