कपन जोरधारामा खानेपानी आयो ,केहि दिनमा वितरण हुने
कपन अनलाइन
काठमाडौं, चैत्र ५।
कपन जोरधारा खानेपानी संरक्षण संस्थामा खनिएको नयाँ डिप बोरिङ्गमा पानी आएसंगै केहि दिनमा खानेपानी वितरण हुने भएको छ। डिप बोरिङ्गको पानी सतह सम्म लामो समय देखि खानेपानी वितरण बन्द भएर निकै सास्ती खेप्न बाध्य बनेका हजारौ उपभोक्ताहरुलाई राहत हुने देखिएको छ।
डिप बोरिङ्गको पानी सतहमा आए संगै संस्थाका वर्तमान र पुर्व पदाधिकारीहरुले खुसियाली मनाउदै सामाजिक संजालमा पानी खसिरहेको फोटो र भिडियोहरु राखेका छन।
संस्थाका पुर्व अध्यक्ष धुर्वराज न्यौपानेले तस्विर राख्दै लेखेका छन,”सबै पक्षहरूको लामो प्रयास पछि जोरधारा खानेपानीको पानी सतह माथी निकाल्न सफल, अब २,३ दिनमा पानी बितरण सुरु हुने। ”
त्यस्तै खानेपानी वितरण अवरुद्ध हुँदाका प्रत्यक्ष पिडित संस्थाका सदस्य प्रकास कटवालले पनि खानेपानी वितरण चाडै शुरु हुने बताउदै डिप बोरिङ्गको पानी सतह सम्म आउँदा खुसि लागेको बताएका छन।
तिन महिना डिप बोरिङ्गको पानी प्रयोग र ९ महिना उपत्यका खानेपानी लिमिटेडको महांकालको पानी वितरणका लागि बजेट व्यवस्थापन भए संगै थला बस्न लागेको लागेको कपन जोरधारा खानेपानी संरक्षण संस्थाले तंग्रिने संकेत देखाएको छ ।
राजनीतिक दलहरुले भागबन्डामा समिति चयन गर्ने चलन चलाएको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको नयाँ बोरिङ्ग खन्नका लागि नगरपालिकाले करिव २९ लाख बजेट उपलव्ध गराउने छ भने ३ लाख २४ हजार उपभोक्ता समितीले व्यवस्थापन गर्नेछ भने महाँकाल देखि पाइपलाइन विस्तारका लागि केयुकेएलले करिव ८४ लाख बजेट उपलव्ध गराएको छ।