खाँचो : गंगा खड्का (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ४।
‘सर ! हजुरसँग एउटा कुरा बुझ्न मन लागेको थियो तर अप्ठ्यारो लागेर सोध्न सकिरहेको छैन ।’ अमनले सुरेन्द्रलाई भने ।
‘ल, मसँग कुरा सोध्न नि केको आनाकानी?तपाईं र मेरो बिचको सम्बन्धहाकिम र कर्मचारीभन्दा नि मित्रको रूपमा पो पुरानो छ त ।’ अमनको जिज्ञासालाई सुन्ने विचार गरेर सुरेन्द्रले वातावरण सहज बनाइदिए ।
अमनले मुसुमुसु हाँस्दै भन्यो, ‘सर, हजुरले यो अफिस आफैँ किनेर
चलाउन थाल्नुभएपछि धेरै कर्मचारी निष्कासन गर्नुभयो । तर हजुरलाई सबैभन्दा बढी मन नपर्ने सुबोधलाई चाहिँ निष्कासन गर्नुभएन । यसैको कारण जान्न मन लागेको हो ।’
सुरेन्द्रको मुखबाट झट्ट कुरा फुस्किहाल्यो, ‘पहिलामलाई उसको योग्यता, क्षमता, इमान्दारिता र ख्यातिले जलाएको हो । अहिले त यो अफिस मेरो आफ्नै भइसकेपछि ऊजस्तो कर्मचारीको खाँचो छ नि त मलाई ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक