एमाले काठमाडौँ क्षेत्रनम्बर ४ ले सक्यो पुनर्निर्माण

एमाले काठमाडौँ क्षेत्रनम्बर ४ ले सक्यो पुनर्निर्माण

नेकपा एमाले काठमाडौँ क्षेत्र नं ४ ले एक कार्यक्रम गरी राष्ट्रिय स्वयंसेवक परिचालन एक महिने कार्यक्रमको समापन गरेको छ ।
बैशाख १२ को भुकम्प र त्यसपछिका लगातारका पराकम्पनहरुबाट भएको भौतिक क्षतिको भग्नावशेष हटाउने र पुर्ननिर्माण गर्ने एक महिना कार्यक्रम अन्र्तगत क्षेत्र नं ४ ले १८४ घरको भग्नावशेष हटाउनुका साथै २२ वटा नयाँ घर निर्माण तथा २ वटा विद्यालय पनि निर्माण गरेको एमाले क्षेत्र नं ४ का अध्यक्ष कुसुमकुमार कार्कीले जानकारी दिए ।

11664798_647959231972931_2010336023_o
११ वटा टोलीमा विभाजन भएर क्षेत्र नं ४ अन्र्तगतका स्थानहरुमा एक महिनासम्म सकृय भूमिका निभाउने सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तकहरुलाई सम्मान गर्न हिजो कपनको मिलनचोक पार्टी भेन्युमा केन्द्रीय स्वयंसेवक अभियानका संयोजक युवा नेता गोकर्ण विष्टको प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । पार्टी प्यालेसमा कार्यकर्ता र शुभचिन्तकहरु खचाखच भरिएका थिए ।

11655702_647959045306283_1259516368_o
कार्यक्रममा बोल्दै संयोजक विष्टले एमाले मात्र जनताको सच्चा पार्टी रहेको र भुकम्प आएको केहि दिनपछि नै एमाले सम्पूर्ण भुकम्प प्रभावित क्षेत्रमा पुगेको जानकारी दिदै क्षेत्र नं ४ ले गरेको भग्नावशेष हटाउने कार्य र पुर्ननिर्माण कार्यको प्रशंशा पनि गरेका थिए । सो अबसरमा १ महिने अभियानमा सहभागी सबैलाई पार्टी केन्द्र तथा क्षेत्र द्वारा प्रसंसा पत्र वितरण कार्यक्रम भनि कार्यकर्तालाई बोलाइए पनि कार्यक्रम संचालक क्षेत्रीय सचिब द्वारा प्रसंसा पत्र मा त्रुटी रहेको भन्दै अभियानका अगुवा लाई मात्रै खादा तथा प्रमाण पत्रले सम्मान गरेपछि उपस्थित कार्यकर्ताले नेतृत्व को आलोचना गर्दै होहल्ला गर्दा कार्यक्रम स्थल केहि बेर तनाब ग्रस्त  हुन पुगेको थियो ।

कार्यक्रममा एमाले क्षेत्र नं ४ बाट स्वयंसेवक अभियानका संयोजक सभासद राजन भट्टराई र एमाले काठमाडौँका निर्वतनमान अध्यक्ष निर्मल कुइकेलले पनि मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।