कृष्ण पहाडी दाइलाई मेरो पत्र ।

नमस्कार दाइ, सञ्चै हुनुहुन्छ ?

पहेलो कपडामा हुनुहुन्छ कि एम्नेस्टी सँगै त्यो पनि छोड्नु भयो?
आमरण अनसन बस्ने योजनामा हुनुहुन्छ की ? छ भने जापानवाट भोक मेटाउने औषधी मगाइदिनु पर्यो ! गत वर्ष मानव अधिकार तथा शान्ति समाजको तर्फर्वाट आमरन अनसण बस्दाबस्दै प्रधानमन्त्री सपनामा आएको देखेर भोक लागेर मानव अधिकार तथा शान्ति समाजको नाक कटाउने गरी भाग्नु भयो ।

deepak adhikari amnesty copy

नसक्ने भए किन नाटक गर्नुभयो । नेपालमा मानव अधिकार शुनिश्चितताका लागि कहिल्यै पनि युवा मेरो साथमा छन भनी एकचोटी पनि युवा लाई फर्केर नहेरी एकैचोटी विज्ञप्ती निकाली आफु एम्नेष्टीबाट अलग भएको घोषणा गर्नुभयो । विहे गरेर ल्याएको श्रीमतीलाई त राम्री छैन अव बुढी भइस जहा वाट आएको त्यही जा भन्न खोज्नु भएको हो की ?

सबै समूह युथ नेटवर्कलाई रातारात ईमेल गरेर मैले छोडेँ तिमीहरु पनि छोड भन्ने खवर दिनको लागि ईमेल गर्नु भएको हो ?

केन्द्रीय कमिटिका ८ जना तपाईका भक्तहरु तपाइ सँगै सति गएछन् । खुसी लाग्यो नेपालको समस्या हामी आफै समाधान गर्न सक्षम थियौ नि त । हामी युवाहरुमा कहिले पनि सल्लाह र सुझाव लिनु भएन ् । हाम्रो समस्या हामी आफैँ पनि समाधान गर्न सक्षम छौ नि त ।

सबै विदेशको भरमामात्र हाम्रो देश अगाडी वढ्ने हो त ? १९९३ देखि हालसम्म नेपालमा दण्डहिनता र मानव अधिकार उलङ्घनका घटनाहरु सबै समाधान हुदै आएको हो त ? तपाईँ सभापति हुदा नेपालमा सबै समस्या अन्त्य भएको थियो त ?

छातीमा हात राखेर भन्नुहोस ् तपाईले एम्नेस्टी लाई आफ्नो बाटोमा हिडाउन नसकेर यो प्रश्न खडा गर्नु भएको हो की ?

तपाइँले भन्ने वित्तिकै प्रत्येक वर्ष नेपालको बारेमा एम्नेस्टीले बोल्यो त ? की १२ गते र २९ गतेको भुकम्पले तपाइलाई अझै हल्लाइ रहेको छ ? कतै तपाइ भुकम्पको त्रासमा नै हुनुहुन्छ की? समस्या छ भने भन्नोस् हामी उपचार गराउछैं । एम्नेष्टी आफैँमा नराम्रो संस्था होइन व्यक्ति वेइमानीले यो समस्या देखिएको हो । तपाइले एम्नेस्टीलाई विस्तापित गराउने उद्देश्यकासाथ सवैलाई सति लैजान लाग्नु भएको जस्तो छ नि त ? यो हामी युवा कदापि हुन दिँदैनौ,हामी युगान्तकारी परिवर्तमा छौं । हो देशमा समस्या छ,हामी सवै मिली बौलौ न त । समस्याको सदा समाधान नै हुन्छ । तपाई पशुपति नजिकै बस्नु हुन्छ जस्तो लागेको थियो पशुपति नाथको भट्ट डिस्कोमा गएर डान्स गर्दा,तपाइ भन्नुस पशुपति नाथको के गल्ती थियो त ? हामी नौलो कल्पनाका साथ कार्यप्रति प्रेम सँगै ठूलो आशाका साथ अगाडी वढ्न चाहन्छौँ हामीमा लक्ष्य छ त्यसैले सकारात्मकमा खडेरी पर्न दिँदैनौं ।

महिला अधिकार मानव अधिकार हो । एम्नेस्टीको ए पनि थाहा नभएका कार्यकर्ता भर्ति गर्नुभएछ सवै सति जाँदा नरमाइलो लाग्यो । नेपालभरी यति धेरै समूह र युथ छन् हामीलाई यस विषयमा कहिल्यै एक चोटी सोध्नु भयो त ?यसरी अगाडि बढ्दा राम्रो हुन्न जस्तो लाग्छ ।

अन्त्यमा, मानव अधिकार रक्षाको लागि हामी नेपाली सधै एकजुट हौं । शान्ति सुव्यवस्था कायम गरौं । दण्डहिनताको अन्त्य गरौं । विखण्डनको भाषा कसैले नबोलौँ । नेपाली आमाको सम्मान गरौं । जय माता ।

दीपक अधिकारी
काभ्रे

यो पनि पढ्नुस

नन्दप्रसाद अधिकारी घटनाले अन्तराष्ट्रिय जगतमा नेपाली जनता र राजनीतिज्ञहरूको खिल्ली उडाइरहेको छ । 

तपाइँको प्रतिक्रिया ।