नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ -८ मा चेस च्याम्पियनसिप सम्पन्न

नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ -८ मा चेस च्याम्पियनसिप सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ३।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८हात्तीगौंडा स्थित नेसनल युनाइटेड स्कुलमा हवाई क्रियसनसंगको सहकार्यमा प्रथम हवाई अन्तर विद्यालय स्तरीय चेस च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ।

चैत्र २ गते बिहान ११स् ०० बजेदेखि सुरु भएको प्रतियोगिताको कार्यक्रमका सभापति एवम् नेसनल युनाइटेड स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह प्राध्यापक  रेवती प्रसाद दाहाल तथा उक्त च्याम्पियनसिपको कार्यक्रम निर्देशक रिजन थापाले संयुक्त रुपमा उदघाटन गरेका थिए  ।
काठमाडौं उपत्यकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको उदघाटन समारोहमा नेसनल युनाइटेड स्कुलबाट २०७६ सालको एसईई परीक्षा उत्तीर्ण भएकी चिकित्सा शिक्षा आयोगद्वारा हालै लिइएकोचिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2023) अन्तर्गत MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा पहिलो प्रयासमा नै उत्तीर्ण हुन सफल गरिमा के.सी तथा उनका  अभिभावकलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतियोगिताकोविभिन्न चरणबाट अघि बढ्दै फाइनल चरण प्रवेश गरेका प्रतियोगी मध्ये तिलिंगाटार मावि कि छात्रा पूर्णिमा गुरुङले प्रथम स्थान हासिल गरि नगद रु५०००र मेडल तथा प्रमाणपत्र पाउँदा, नव ज्ञानभुमि स्कुलका छात्र आर्युष राज श्रेष्ठद्वितीय स्थान हासिल गर्दै मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत भए भने बि।एन। एकेडेमी का छात्र अविन पाण्डेलेतृतीय स्थानका साथ मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए  ।

विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको समापन समारोहमा च्याम्पियनसिपको विजेताहरुलाईकार्यक्रमका सभापति रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल, कार्यक्रम निर्देशक रिजन थापा लगाएतले पुरस्कृत गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।