एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी र महासचिवमा कुलप्रसाद खतिवडा

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी र महासचिवमा कुलप्रसाद खतिवडा

कपन अनलाइन
काठमाडौं, चैत २।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनले शंकर अधिकारीलाई अध्यक्ष र कुलप्रसाद खतिवडालाई महासचिव निर्वाचित गरेको छ ।

बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी यसअघी अर्थ उपमहासचिव रहेका कुलप्रसाद खतिवडा महासचिव निर्वाचित भएका छन ।नवनिर्वाचित केन्द्रीय समितिको वरीष्ठ उपाध्यक्षमा मानबहादुर पाण्डे निर्वाचित भएका छन ।

७८ जनाको केन्द्रीय समिति सर्वसम्मत चयन गरेको महाधिवेसनबाट  उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं र देवीदत्त यादव  निर्वाचित छन  ।

 

तपाइँको प्रतिक्रिया ।