राहत दुरुपयोगको सूचना तुरुन्तै दिनुहोला ः प्रधानमन्त्री

प्रकाठमाडौंँ, १३ असार । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि स्वदेश तथा विदेशबाट आएको राहत रकम र सामग्रीको दुरुपयोग भएको जानकारी पाएमा तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा खबर गर्न दाताहरुलाई आग्रह गर्नुभएको छ ।

Nepal-Prime-Minister-Sushil-Koirala

प्रधानमन्त्री कोइरालाले सो कुरा भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा बताउनुभएको हो ।

उहाँले हरेक व्यक्ति र संस्थाले आफ्नो भाग काटेर पीडितलाई मानवीय सहयोगका लागि दिएको रकम र राहत सामग्री हिनामिना र दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभयो ।

सो अवसरमा उहाँले दाताहरुले पनि आफूले दिएको रकम सदुपयोग भए नभएको हेर्नुपर्ने उल्लेख गर्नुभयो ।

नागरिक उड्डयन प्राधिकरणको तीन करोड सहयोग

भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सघाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन करोड प्रदान गरेको छ ।

प्राधिकरणका नवनियुक्त महानिर्देशक सञ्जीव गौतमले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा प्राधिकरणका उपमहानिर्देशकसहित कर्मचारी युनियनका अध्यक्ष र अन्य कर्मचारी पनि उपस्थित हुनुहुन्थ्यो ।

यस अगाडि पनि प्राधिकरणका कर्मचारीहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान भएको थियो ।

जिल्ला शिक्षा कार्यालय,काठमाडौँबाट एक करोड ३० लाख सहयोग

भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापनामा सहयोग पु¥याउन जिल्ला शिक्षा कार्यालय काठमाडौँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३० लाख ८० हजार ८७२ रुपैयाँ ३६ पैसा सहयोग गरेको छ ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएकोे थियो ।

सो रकम जिल्ला शिक्षा कार्यालयमा कार्यरत कर्मचारी र काठमाडौँका सम्पूर्र्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबाट सङ्कलन गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेवाः स्वनामी दवू, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो ।

लुम्बिनी बैंकले दियो एक करोड दुई लाख

भूकम्पपीडित नेपालीको सहयोगार्र्थ लुम्बिनी बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख २२ हजार २२२ प्रदान गरेको छ ।

बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, बंैकका सञ्चालक रामकाजी कोने र कार्यकारी प्रमुख शोभनदेव पन्त पनि उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा परेको विपद्को समयमा सहृदयतापूर्वक सहयोग गरेकामा धन्यवाद दिनु भयो ।

नेपाल जेसुइट सोसाइटीको पैँतीस लाख सहयोग

भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापनाका लागि नेपाल जेसुइट सोसाइटी सानेपा ललितपुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख सहयोग प्रदान गरेको छ ।

सोसाइटीका अध्यक्ष फादर बबीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले राहत रकम र सामग्रीको दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध भएको बताउनुभएको थियो ।

सो अवसरमा फादर अगस्टिन, फादर अमृत राई ,रवि थापा र दीपजङ्ग पाण्डेको पनि उपस्थिति रहेको थियो ।

अनुरुपता सहकारीको दुई लाख पचास हजार सहयोग

भूकम्पपीडितको सहयोगका लागि अनुरुपता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु
दुई लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष केशवराज न्यौपानेले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा सहकारीका विजयदर्शन श्रेष्ठ, निमप्रसाद अधिकारी, ज्योतिलाल न्यौपाने र दीपक भट्टराईको पनि उपस्थिति रहेको थियो ।

के एन्ड के कलेज र नेपाल क्यानडा मैत्री सङ्घको सहयोग

भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यमा सघाउन के एन्ड के इन्टरनेसनल कलेज र नेपाल क्यानडा मैत्री सङ्घले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

के एन्ड केका अध्यक्ष र कलेजका प्रमुखले प्रधानमन्त्री कोइरालालाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै नेपाल क्यानडा मैत्री सङ्घले भूकम्पपीडितको सहयोगार्र्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ११ हजार प्रदान गरेको छ ।

सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सङ्घका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति थियो ।

मुद्रा सङ्कलक सङ्घको एक लाख एक हजार

नेपाल मुद्रा सङ्कलक सङ्घले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख एक हजार १०१ सहयोग गरेको छ ।

सङ्घका अध्यक्ष सुवर्णराम जोशीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा सङ्घका पदाधिकारीहरु गिरीमान शाक्य, रामेश्वरमान कर्माचार्य, अनिलराज श्रेष्ठ, जयराम ताम्राकार, दिनेश मास्के, सुरेन्द्र श्रेष्ठ, भूमिनन्दन कर्माचार्य र राकेशमान कर्माचार्य उपस्थित हुनुहुन्थ्यो ।

एफडिडिआरको अन्ठाउन्न हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लागुऔषधको माग घटाउने र पुनःस्थापनामा कार्यरत संस्थाहरुको सञ्जालको महासङ्घ (एफडिडिआर)ले रु ५८ हजार सहयोग प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष रिद्धि राणा र सोनम पाख्रिनले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा प्रशान्त शर्मा, कर्माआङ शेर्पा, कर्मा शेर्पा, सचिन राजभण्डारी, सुजिन प्रजापति, पद्मराज जोशी, राजेश दित्य, सोनम शेर्पा पाख्रिन, दीपक थापा र गङ्गा महर्जनको उपस्थिति थियो ।

हीरालालले दिए पचास हजार

भूकम्पपीडितको सहयोगार्थ गोकर्णेश्वर नगरपालिका वडा न ६ जोरपाटी निवासी हीरालाल श्रेष्ठको परिवारले रु ५० हजार १५१ प्रदान गरेको छ । सो रकम उहाँकी माता स्व दिलकुमारी श्रेष्ठको सम्झनामा प्रदान गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा रञ्जना श्रेष्ठले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा सरु श्रेष्ठ, माधव खनाल, चन्द्रलाल श्रेष्ठ र कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।