गजल : गङ्गा आचार्य सापकोटा
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
रुँदै छन् दुखीजनहरू लोकका
समस्यायथावत् हुँदा भोकका
बनीधीर आमा जुटिन् कर्ममा
लुकाई दुखेका व्यथा शोकका
बिना फेद टुप्पा बढेका सबै
असाध्यै अनौठा कुरा चोकका
कहाँ देख्नु ठेकीमदानीहरू
पुगे गाउँमा नै सिसी कोकका
सजाइन्नशिरमाथिपाउजु कसै
सही स्थान हुन्छन् सबै थोकका
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।