दुई गजल : त्रिलोचन आचार्य

दुई गजल : त्रिलोचन आचार्य

कपन  अनलाइन

काठमाण्डौ ,फागुन २७।

एकःश्रग्विणी
जिन्दगी हिँड्छ आगो समाई सधैँ
हाँस्छ यो भित्र पीडा जमाई सधैँ ।

घातकी यन्त्रणा निर्दयी मुर्छना
जिन्दगी ठान्छ मेरो कमाई सधैँ ।

रातको होस् विदाई भन्यौँ भन्नता
कुर्छ कालो कुनाचम्चमाई सधैँ ।

भाग्नखोज्ने हुँदा भट्किँदै फट्किँदै
राख्नुपर्ने यहाँथुम्थुमाई सधैँ ।

होस् नहोस् माघको घामझैँ पारिलो
जिन्दगी सास्तिको हो जमाई सधैँ ।

दुई ःभुजङ्गप्रयात्
भन्यौँ गर्छ केहीजवानी बनेर
उज्यालो खुलेको बिहानी बनेर ।

जहाँ चोरिएथ्यो सबैबाट निन्द्रा
सधैँ दिन्छ माया सिरानी बनेर ।

कुरी नित्य माटो र पाटो यहाँको
सधैँ प्रेरणाको निसानी बनेर ।

सधैँ भन्नुपर्ने दुख्यो देश मेरो
भलो गर्छ पक्कै तिलानी बनेर ।

कहाँ के भयो खै परेझैँ चट्याङ्ग
फि¥यो बाकसैमाकहानी बनेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।