संविधानको पहिलो मस्यौंदाको बारेमा छलफल जारी

संविधानको पहिलो मस्यौंदाको बारेमा छलफल जारी

काठमाडौ, १२ असार । नेपाली काङ्ग्रेसले संविधान जारी भएपछि न्यायाधीशहरुको पुनर्नियुक्तिको व्यवस्था संविधानमै राख्नुपर्ने प्रस्तावमा असहमति जनाएको छ । मस्यौैंदा समितिको आजको बैठकमा नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिक लगायत दलका सभासदहरुले न्यायाधीश पुनर्नियुक्ति र न्याय परिषद्को संरचनाका बारेमा संविधान मै यो बिषय राख्नुपर्नेमा जोड दिएका हुन् ।

 

CA-Officeसिंहदरवारमा जारी छलफलमा काङ्ग्रेस सभासदहरुले न्यायाधीश पुनर्नियुक्तिका बारेमा केही बताएका छैनन् । मस्यांैदा समितिका सभासदहरुले संविधानको पहिलो मस्यांैदाको बारेमा अहिले पनि आआफ्नो दलको धारणा राख्नेक्रम चलिरहेको छ । मस्यांैदामाथिको छलफलमा १६ बुँदे सहमतिको विरोध गर्दै आएका केही मधेसवादी र जनजाति दलका सभासदहरु भने सहभागी छैनन् । मस्यांैदा समितिमा आज र भोलि छलफलपछि समितिले आवश्यक संशोधनसहित संविधानसभा अध्यक्षलाई मस्यौंदा बुझाउने तयारी गरेको छ । – See more

तपाइँको प्रतिक्रिया ।