कोशी प्रदेशमा आज सार्वजनिक विदा !
कपन अनलाइन
काठमाडौं, फागुन १८।
प्रदेश १ को नाम औपचारिक रुपमा कोशी प्रदेश राखिएको छ। हिजो (बुधबार) बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको हो।
प्रदेशको नाम कोशी राखिएको खुसियालीमा प्रदेश सभाले आज (बिहीबार) प्रदेशभर सार्वजनिक विदा दिएको छ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार मन्त्रिपरिषदको बैठकले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
तपाइँको प्रतिक्रिया ।