‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी

‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी

कपन अनलाइन
काठमाडौं, फागुन १८।

संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चाले ‘हिन्दु महासभा’को घोषणा गर्ने भएको छ । मोर्चाले  बुधबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो । कार्यक्रमफागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयोजना गरिएकोे छ ।
मोर्चाका महामन्त्री रोहित पौडेलले अहिले नेपालीहरु संकटको घडीमा रहेको बताएका छन् । अर्थतन्त्र, सामाजिक सद्भाव र अन्तराष्ट्रिय चलखेलका हिसाबले अहिले देश संकटमा रहेको उनको दाबी छ । राजासहितको सनातन हिन्दुराज्य कायम हुनुपर्ने मान्यताका साथ आफूहरु नेपालीहरु माँझ आउन लागेको उनले बताए ।
‘नेपालको इतिहासमै आजसम्म सबैभन्दा बढी हामी संकटको घडीमा उभिरहेका छौं । हामीहरु यो संकटबाट यो देशलाई मोचन गर्न चाहन्छौं । जसका लागि हामीले भोलि दिनको १२ बजे नेपाल हिन्दु महासभा घोषणा गर्न गइरहेका छौं । धर्म भनेको जीवन ज्यूने कला हो, संस्कार हो, पद्धतीहो र सभ्यताहो । यही संस्कार, सभ्यता र संस्कृतिभित्रै रहेर राजा सहितको हिन्दुराष्ट्र कायम हुनपर्छ भन्ने मान्यताका साथ हामी नेपाली जनताका बीचमा आएका छौं,’–उनले भने । यो कार्यक्रम नेपालको इतिहासमै कोशेढुङ्गाको रुपमा सवित हुने उनको दाबी छ ।
सह–अध्यक्ष वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाललाई संवैधानिक राजसंस्था सहितको हिन्दु राज्य, अखण्ड नेपाल बनाउने अभियानमा सामेल भएको बताए । साथै, समान विचार र धारणा भएका संघ–संस्थाहरुसँग सहकार्यका लागि संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चा सकारात्मक रहेको बताए ।
समान विचार धारा राख्ने भारतीय संस्था अखिल भारत हिन्दु महासभाको आमन्त्रणामा आफ्नो संस्थाका प्रतिनिधि भारतमा भएको कार्यक्रममा सहभागी भएको समेत उनले स्मरण गरे । आज  हुनगइरहेको कार्यक्रममा संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चा र अखिल भारतीय हिन्दु महासभाबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको पनि उनले जानकारी गराए ।

‘हामीले हाम्राविचार मिल्ने राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिसँग सहकार्य गर्ने प्रयत्नगरिरहेका छौं । यो कामकालागिभोलि हस्ताक्षर गर्दैछौं । अहिले नेपालको हिन्दुराज्य र राजसंस्थाको पहिचानलाई किनअन्त्य गर्नुपथ्र्यो ?अहिले भर्खरै नेपालको परराष्ट्रमन्त्री जेनेभाको मानवअधिकार सम्मेलनमाजानलागिराख्दा राजनीतिक परिवर्तनका कारणले उहाँहरुले जसरी रोक्नुभयो त्यो आफ्नो ठाउँमा छ । सत्ता परिवर्तन हुनेवित्तिकै नेपालले परराष्ट्रमन्त्रीलाई जानबाट रोक्यो र एक जना त्यससँग ज्ञाता हो भनेर पठाइयो । जसले गर्दा नेपालको छविमा प्रतिकूल असर पर्यो,’– उनले भने ।
सरकारको उक्तकदम नेपालको समप्रभुता र स्वाधिनताको विरुद्धमा भएको उनले बताए । मुलुकको बेइज्जतगर्ने कामदिल्लीमाभएको १२ बुँदे सम्झौताबाटै भएको उनको आरोप छ । नेपालको राष्ट्रियता, स्वाधिनता, समप्रभुता र धर्म संस्कृतिको रक्षाकालागिआफूहरु लागि परेको उनको दाबी छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चाकाअध्यक्षएवं कार्यक्रमका सभापतितारानाथ लुँइटेलले आन्दोलनका बेलामुलुकलाई जापन र स्वीजरल्याण्ड बनाउँछौं भन्ने दलहरुले अहिले आन्दोलननसकिँदै स्वीस बैंकमा पैसा राखेको आरोप लगाए। अहिले राजामहाराजाले यहीमुलुकमा बसेर उपचार गरिरहेको अवस्थामा नेताहरुको उपचारमा धेरै रकमविदेशमाखर्च गर्नुपरेको उनले दुःखेसो पोखे ।
राजा रहँदाप्रतिव्यक्ति सातहजार ऋण रहेकामा नेताहरुले त्यसलाई बढाएर ८० हजारभन्दामाथिपुर्याएको उनको आरोप छ । आफूहरुले नेपालमाहिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाकायम गराउनअखिलभारतीयहिन्दु महासभासँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
राजावीरेन्द्रलाई कसले मारेको भन्ने बारेमाकुनै खोज नगरी ज्ञानेन्द्रलाई त्यसको आरोप लगाएको उनले बताए । आफूहरुको आन्दोलन नेपालमाहिन्दुराज्य र संवैधानिक राजतन्त्रकायमनभएसम्मनिरन्तर रहने उनको दाबी छ ।
वरिष्ठ उपाध्यक्ष देवराजआचार्यले अब देशमा परिवर्तनको घडी आएको दाबी गरे । विदेशीको डिजाइनबाट हिन्दु अधिराज्यको अन्त्यगराइएको उनको आरोप छ ।
यो देशमा संवैधानिक राजतन्त्र स्थापनाभएको खण्डमा सबै समस्याको समाधानहुने मोर्चाको बुझाइ छ ।
कार्यक्रममामोर्चाकापदाधिकारीहरु कृष्णप्रसादलुईँटेल,ईश्वरी भट्टराई, शम्भु चौरसिया, वेदराजआचार्य, अम्मर केसी, रोहितपौडेल, अजयपौडेललगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।