सडकसँग आवद्ध बालबालिकाका लागि मोबाइल स्कुल सञ्चालन

सडकसँग आवद्ध बालबालिकाका लागि मोबाइल स्कुल सञ्चालन

कपन अनलाइन
काठमाडौं, फागुन १८।

सडकसँग आवद्ध बालबालिकाहरूको शैक्षिक स्तर उकास्न साथसाथ नामक सामाजिक संस्थाले मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ।संस्थाले  आफ्नो २५औ वार्षिकउत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्नलागेको साथसाथका कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताए ।

उनले  मोबाइल स्कुलमा अध्ययनबाट बञ्चित भएका बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितकोलागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण भएको जानकारी दिएका छन ।यसका साथै मोबाइल स्कुलले बालबालिकाको माझमा गुणस्तरीय शिक्षामा पहुँच बनाउनको लागी प्रोत्साहन गर्ने र सम्भावनाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनको भनाइ रहेको छ ।मोबाइल स्कूलमा धेरै तरिकाबाट शिक्षा प्रदान गरिन्छ।

साथ साथको २५औ वार्षिक दिवस
साथ साथ विगत २५बर्षदेखि जोखिम परिस्थितिमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवासीय गैरसरकारी संस्था हो।यसको मुख्यउद्देश्य भनेको जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई समाजमा पुर्नस्थापना गर्नु रहेको छ।साथसाथले त्यस्ता जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई औपचारिक रअनौपचारिक शिक्षा, सीपमूलक र व्यवसायिक तालिम आर्थिक उपार्जन गर्नसक्ने शिक्षा वा ज्ञान दिई उनीहरूको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुकासाथै हालआएर सडकबालबालिका तथा सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आईरहेको छ।

तपाइँको प्रतिक्रिया ।