संकट समाधानका लागि देउवा पक्षको तीन विकल्प

१९ जेठ, काठमाडौ । कांग्रेस वरिष्ठ नेता शेरबहदुर देउवा पक्षिय नेताहरुले जारी राजनीतिक र संवैधानिक जटिलता समाधानका लागी तीनवटा विकल्प प्रस्तुत गरेका छन् ।

देउवा पक्षिय केन्द्रिय सदस्यहरुको बुधबार र बिहिबार बसेको भेलाले जारी संकट समाधान गर्न भन्दै तीन विकल्प अगाडि सारेको हो । यी तीन विकल्पले दलहरूबिचको अविश्वास घटाउने, संविधानसभाले चार वर्षसम्म गरेका काम खेर नजाने र चुनावी जटिलता घटाउने दावी देउवा पक्षको छ ।
विकल्पहरू
विकल्प १: विवादित रहेको संघियताबारे दलहरुबिच छलफल गरि पुन: टुङ्गो लगाउने र सहमतिपछी केही दिनका लागि भए पनि संविधान ब्युँताएर संविधान जारी गर्ने ।
विकल्प २: संविधानसभा र दलहरूले सहमति गरेका सबै विषयलाई जस्ताको तस्तै राख्ने र विवादित विषय टुङ्ग्याएर संविधानको मस्यौदा तयार गर्न संविधान निर्माण मस्यौदा आयोग गठन गरी आयोगले तयार गरेको मस्यौदा जनमत संग्रहमार्फत अनुमोदन गर्ने ।
विकल्प ३: राजनीतिक दलहरुबिच माथिका विकल्पमा सहमति हुन नसके चुनावमा जाने तर अहिलेको सरकारले घोषणा गरेअनुसार मंसिर ७ मा चुनाव सम्भव नभएकोले राजनीतिक दलहरूबिच सहमति गरी संविधान संशोधन गरी नयाँ चुनावको मिति घोषणा गर्ने ।
तपाइँको प्रतिक्रिया ।