एमालेमा ठुलै पहिरो जाने, ३६ नेताको राजीनामा तयार

१९ जेठ,काठमाडौ। संविधान विना नै संविधानसभा विघटन हुनुमा एमालेको को दोष रहेको भन्दै एमालेका ३६ जना भन्दा बढि नेताले राजीनामा दिने तयारी गरेका छन्।पार्टी उपाध्यक्ष अशोक राईले करिव ३६ जना जनजाती,मधेशी र पुर्वसभासदको राजीनामा तयार राखेका छन्।

बिहिवार मात्रै जातिय पहिचान सहिको संघियता पक्षधरहरुले पार्टी अध्यक्ष खनाललाई भेटेर छलफल गरेका छन्, उनीहरुले पार्टीले गल्ती नसच्चाए उपाध्यक्ष अशोक राईको नेतृत्वमा  पोलिटब्युरो सदस्य रामचन्द्र झा,पृथ्वी सुब्बा गुरुङग लगायतका ३६ जना भन्दा बढी नेता तथा पुर्वसभासदले सामुहिक राजीनामा दिने बताएका छन्।
यसअघि उनिहरुले पार्टीका वरिष्ठ नेता माधव नेपालसंग पनि छलफल गरिसकेका छन्।
जातिय पहिचान सहितको संघियता एमालेले अस्विकार गरेकै कारण संविधानसभाको विघटन भएको निष्कर्ष मधेसी तथा जनजाती नेताहरुको छ।
ककस मा मात्रै ४० जना एमाले सभासद थिए, त्यसका अतिरिक्त केन्द्रिय समितिमा रहेका मधेशी तथा जनजाती नेताहरुले पनि राजिनामाको तयारी गरेपछि एमालेमा ठुलै पहिरो जाने संभावना बढेको छ।
बताइए अनुसार ३६ जना भन्दा बढि नेता तथा पुर्वसभासदको राजीनामा उपाध्यक्ष अशोक राईले खल्तीमा बोकेर हिडिरहेका छन्। राजिनामा दिने लिष्टमा किरण गुरुङ,रकम चेम्जोङ,वीरबहादुर लामा, मंगलसिद्धि मानन्धर, रिजवान अन्सारी लगायतका केन्द्रिय नेता समेत छन्।
तपाइँको प्रतिक्रिया ।