गजल : गङ्गा आचार्य सापकोटा

गजल : गङ्गा आचार्य सापकोटा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

सधैँ भन्छ जसले छु बेरोजगारी
उसैको छ बाँझो यहाँ खेतबारी

पुराना सबै वस्तु छन् लोप बन्दै
कहाँ देख्न पाइन्छ डाला भकारी

गरी हिँड्दछन् दम्भ धनको जजसले
उनै भित्र मनका रहेछन् भिखारी

सिँगारेर अनुहार हिँड्दै छ मान्छे
सदाकाल मन भित्र कालो थुपारी

जमाना निकै फेरिएको छ अहिले
डटी हिँड्दछन् आज नरसाथ नारी

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।