गजल : जीवन आचार्य ‘निश्चल’

गजल : जीवन आचार्य ‘निश्चल’

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

पिपल र बरको चौतारी
सपना र रहरको छाहारी

एकदिन पुग्छ तिम्रो गाउँपनि
आजको सहरको हाराहारी

हाय ! कति समय रहला पूर्णेमा
जोगाएर राख्लाआफ्नो कुमारी

नाङ्लो ठट्टाएर हात्तीतर्साउने
मित्र यो कस्तो आयो बहादुरी

मात्र झुपडीको छाना उडायो
यो तानासाही रहेछ हावाहुरी

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।