नबनाउ : पवनकुमार बुढाथोकी ( कविता )

नबनाउ : पवनकुमार बुढाथोकी  ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

जनताको आँखामा अझ
बढी नगनाउ
पार्टीहरुलाई भ्रष्टाचारको
अखडा नबनाउ !

पार्टी त साझा न हुन
समस्तजनको
टाठाबाठा मिलेर
आफ्नो बिर्ता नबनाउ !

सुशासनको नाममा
झन्झन् थोपरिदिएर
आफ्नागरिखानेका लागि
देशै भद्दा नबनाउ !

आआफ्ना पार्टीलाई
चुस्त र दुरुस्त राखी
इमानदार ब्यक्तिको लागि
छनोटको लागि योग्य बनाउ !

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।