फागुन १ गते जनयुद्ध दिवसका अवसरमा देशभर सार्वजनिक विदा
कपन अनलाइन
काठमाण्डौ ,माघ २९ ।
सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।
तपाइँको प्रतिक्रिया ।