नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनका लागि विभिन्न समिति गठन

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनका लागि विभिन्न समिति गठन

कपन अनलाइन

काठमाण्डौ ,फागुन १।

फागुन ७ गते विराटनगरमा हुन लागेको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशलाई भव्य रुपमा सफल बनाउन विभिन्न समिति गठन गरिएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका लोकप्रिय यूवा नेता पर्शुराम बस्नेतले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न गठन गरिएको विभिन्न समितिको नाम सार्वजनिक गरे ।

महासंघले केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको संयोजकमा राजनैतिक, सांगठनीक प्रतिवेदन लेखन उप–समिति गठन गरेको छ । दिपेन्द्र दाहालको संयोजकमा प्रतिनिधि व्यवस्थापन उप–समिति, नन्दा बस्यालको संयोजकमा मूल समारोह तथा मञ्च व्यवस्थापन उपसमिति सन्तोष बान्तवाको संयोजकमा जन परिचालन उप–समिति गठन गरिएको छ ।

ओम कृषि प्रसाईको संयोजकमा खेलकुद प्रदर्शन उप–समिति, शम्भु पौडेलको संयोजकमा अतिथिसत्कार उप–समिति, विप्लव घोषको संयोजकमा आवास व्यवस्थापन उप–समिति, भिम ओलीको संयोजकमा विधान मस्यौदा उप–समिति, रुपेश अधिकारी संयोजक र उज्ज्वल सुवेदीको सह–संयोजकमा आर्थिक व्यवस्थापन उप–समितिको गठन गरिएको छ ।

रोहित कोइरालाको संयोजकमा जनसम्पर्क समन्वय उप–समिति, सन्तोषी श्रेष्ठको संयोजकमा खाद्यान्न व्यवस्थापन उप–समिति गठन गरिएको छ । फागुन ७ गते विराटनगर–२ स्तिथ विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गको खाली मैदानमा नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

महाधिवेशनमा देशभरीबाट ५ सय ५० भन्दा बढि  प्रतिनिधिहरुको सहभागिता रहने छ ।

तपाइँको प्रतिक्रिया ।