काठमाण्डौ उपत्यकाका प्रमुख र उपप्रमुखहरु शितल निवासमा …

काठमाण्डौ उपत्यकाका प्रमुख र उपप्रमुखहरु शितल निवासमा …

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

काठमाण्डौ उपत्यकामा रहेका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले रास्ट्रपति विद्यादेवी भण्डारी संग भेटघाट गरेका छन।

शितल निवासमा भएको सो भेटमा स्थानीय सरकार सञ्चालनका सम्बन्धमा जनप्रतिनिधिहरूको अनुभव र समसामयिक विषयहरुमा छलफल भएको थियो।

माघ २३ गते भएको सो भेटघाटमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले स्थानीय तहमा देखिएका समस्या ,सकारात्मक अभ्यास र विभिन्न कानुनी र प्राविधिक अड्चनहरुका वारेमा रास्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।

सो अवसरमा घरेलु उद्यमको प्रवर्धन अभियान संचालन  गरिरहेकी बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले रास्ट्रपति भण्डारीलाई घरबुना फरिया उपहार समेत दिएकी थिइन्।

 

तपाइँको प्रतिक्रिया ।