बिद्या संस्कार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि बौद्ध इन्टरनेशनललाइ

कपन अनलाइन

काठमाडौँ, माघ २२ । नवौ संस्करणको बिद्या संस्कार  अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि बौद्ध इन्टरनेशनलले उचालेको छ । शनिबार बिद्यासंस्कार स्कुलको खेल मैदानमा भएको  खेलमा  बौद्ध इन्टरनेशनलले न्यु इरा स्कुललाई पराजित गर्दै ट्रफी उचालको हो ।

बिजेता बौद्ध इन्टरनेशनलले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त  गर्यो । उपविजेता न्यु इराले  नगद १० हजार सहित, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । कुल १२ टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा फास्टर गोल काष्टमण्डपका सन्तोष न्यौपाने,  मस्ट इम्प्राईजिंग प्लेयर डाफोडिलका उत्तम कुमार लामा, वेष्ट प्लेयर बौद्ध इन्टरनेशनलका दुर्गा लाल श्रेष्ठ, हाईयर स्कोरर रविन्द्र सिलाकार, दुर्गालाल श्रेष्ठ, अनिल गुरुङ,  उत्कृष्ट गोल रक्षक  किपर विद्या संस्कारका रुबिन श्रेष्ठ, फेयर प्ले टिम डाफोडिल भएको छ ।

जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्यासंस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टीम र खेलाडीलाई बागमती प्रदेश सभा सदस्य बिमल ठकुरीले पुरस्कार वितरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।