काठमाण्डौ जिल्लामा तिन महिला वडा अध्यक्षहरु,आठ नगरमा सुन्य

काठमाण्डौ जिल्लामा तिन महिला वडा अध्यक्षहरु,आठ नगरमा सुन्य

कपन अनलाइन

काठमाण्डौ,माघ १५।

काठमाण्डौ जिल्लाका १३८ वडाहरु मध्ये तिन वटा वडामा महिला वडा अध्यक्षहरु निर्वाचित भएका छन।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा  काठमाण्डौ जिल्लाका एक महानगर र १० नगरपालिका मध्ये तिन वडा नगरपालिकाबाट एक एक जना महिला  वडा अध्यक्षहरु निर्वाचित भएका हुन।जिल्लाका ११ स्थानीय तह मध्ये बुढानिलकण्ठ, किर्तिपुर र टोखा नगरपालिकामा महिला वडा अध्यक्षहरु निर्वाचित भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित सुमित्रा त्रिपाठी पाण्डे,किर्तिपुर नगरपालिका वडा ८ की अध्यक्ष सानुमाया महर्जन र टोखा नगरपालिका वडा नं ६ की अध्यक्ष शान्ता खनाल २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला वडा अध्यक्ष रहेका छन।

उक्त निर्वाचनमा पाण्डे  ९४८ मत सहित वडा अध्यक्षमा निर्वाचित भएकी थिइन् भने महर्जनले ५६५ मत र खनालले १०७५ मत प्राप्त गरेकी थिइन्।

स्थानीय तहको निर्वाचन २०७९ मा काठमाण्डौ जिल्लाका १३८ वडा मध्ये नेपाली कांग्रेसले ७२ वडामा अध्यक्ष पद जितेको छ भने नेकपा एमालले ५४ वटा वडामा जित हासिल गरेको छ।

काठमाण्डौ जिल्लामा राप्रपाका ४ वडा अध्यक्ष रहेका छन भने नेकपा माओवादी केन्द्रका ३ र नेकपा एसका २ जना वडा अध्यक्षहरु रहेका छन। यस जिल्लाका १३८ वडा मध्ये ३ वडाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन।

एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाण्डौ जिल्लाका ७ नगरमा नेपाली कांग्रेसले प्रमुख पदमा जितेको थियो भने नेकपा एमाले २ र राप्रपा १ नगरपालिकाको प्रमुखमा विजयी भएका थिए। काठमाण्डौ महानगरपालिकाको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएका थिए।

त्यस्तै काठमाण्डौका ११ स्थानीय तह मध्ये ६ वटामा नेकपा एमालले उपप्रमुख पदमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसका ५ उपप्रमुखहरु रहेका छन।

कुन नगरपालिकामा कति वडा ? 

१. काठमाण्डौ महानगरपालिका 

यस माहानगरपालिकाका ३२ वडा मध्ये नेपाली कांग्रेसले १९ वडामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले १२ वटा वडा अध्यक्ष जितेको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा अध्यक्षमा जित हासिल गरेको छ।

२.शंखरापुर नगरपालिका 

यस नगरपालिकाका ९ वटा वडाहरु मध्ये ४ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा राप्रपाका वडा अध्यक्ष रहेका छन। त्यस्तै यस नगरपालिकामा नेकपा एमालले १ र नेकपा माओवादी केन्द्रले १ वडा अध्यक्ष जितेका छन।

३.कागेश्वरी मनोहरा नगरपालिका   

कागेश्वरी मनोहरा नगरपालिका नौ वटा वडाहरु मध्ये ५ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन। यस नगरपालिकाको १ वडामा नेकपा एसले जित हासिल गरेको छ।

४.गोकर्णेश्वर नगरपालिका 

गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडाहरु मध्ये नेकपा एमालले ५ वडा वडा अध्यक्षमा जित हासिल गरेको छ भने नेपाली कांग्रेका  ३ वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

५.बुढानिलकण्ठ नगरपालिका

बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्ये नेकपा एमालेले १० वटा वडामा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले २ वटा वडामा जित हासिल गरेको छ। यस नगरपालिकामना १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

६.टोखा नगरपालिका   

टोखा नगरपालिकाका ११ वटा वडाहरु मध्ये ९ वडामा नेकपा एमालेका अध्यक्षहरुले जित हासिल गरेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन।

७. तारकेश्वर नगरपालिका 

तारकेश्वर नगरपालिकाका ११ वटा वडाहरु मध्ये ८ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन भने ३ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन।

८.नागार्जुन नगरपालिका  

नागार्जुन नगरपालिकाका १० वटा वडाहरु मध्ये ५ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष राप्रपाका रहेका छन।

९.चन्द्रागिरी नगरपालिका   

चन्द्रागिरी नगरपालिकाका १५ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरुले जित हासिल गरेका छन। यस नगरपालिकाका २ वडामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष रहेका छन।

१०.किर्तिपुर नगरपालिका   

किर्तिपुर नगरपालिकाका १० वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

११.दक्षिणकाली नगरपालिका 

दक्षिणकाली नगरपालिकाका ९ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।